All Articles

मेरा छातीभित्र नअटाएको कुरा

Photo by Mike Swigunski on Unsplash

यो संसारमा मानिसहरु साना ठुला र धनि गरिब जन्म शिद्ध कोहिहुँदैनन् l योत सोयम ले गरेको कर्मले निर्धारण गर्दछ भनि सर्ब बिधितैछ l मानिस भित्रपनि दुइवोटा बर्गहरु छन् ति हुन् महिला र पुरुष l यी दुवै पक्षलाई राज्यले हक, अधिकार, अवसर र संरक्षण बराबरी सुनिस्चित गरेको हुन्छ l देशको आबसेकता अनुसार योग्यताको आधारमा देश संचालनकोलागी नागरिक हरुलाई अवसर राज्यले दिएको हुन्छ l


अब बाँकि अवसर नपाएका अधिकांस महिला र पुरुषहरु आफ्नो सन्तानको भोक, रोग़, शिक्षा र दैनिक आधारभूत उपभोग्य बस्तु प्राप्तिको लागी भौतारिदा कुनै उपाय नलागे पछि देश बाहिरको अवसर माथि धाउन बाध्य हुनुपर्छ यो धर्तिम़ा बाच्नको लागी l यो अन्तिम बिकल्पको जोखिम स्विकार्नु महिला पुरुष दुवै बाध्यछन् l देशको अमुल्य सम्पति भनेको जनशकतीहो l एस्तो अमुल्य सम्पति लाई देशभित्रै अवसर र जिमेवारी दिने देशहरु आज जापान, सिंगापुर,र सुजरल्याण्ड हरु उधारण बनेकोछन् l हाम्रो देशको जनसक्ति भने संसार भरि छताछुल्ल छरिएका छन् l


मैले यहाँ येसो भनिरहंदा जनशक्ति लाई बाहिर पठाउन हुँदैन भन्ने अर्थ नलागोस l देश विकासको लागी शिक्षा अरुकै कपिक्याट गर्नेहो अनि सृजना आफ्नो l देशले जनता लाई अवसर र जिमेवारी सृजना गर्नु नसकेको खण्डमा केहि हदसम्म बेरोजगार पुरुष हरुलाई विदेश पठाउनु सोभाबिक र बुद्धिमनि हुन्छ l तेस्मा सोयम व्यक्ति र देशलाई फाइदानै हुन्छ l तर महिलालाई भने प्रतिबन्ध जस्तै कडाहुनुपर्छ l


किन? किनकी महिला हाम्रो छोरी, बुहारी र आमा हुन् l महिला हाम्रो गृहलक्ष्मी हुन् l तेसैले गृहमानै सुरक्षित राख्नु पर्छl उहाँहरुको आधारभुत आबसेकता परिपूर्तिको लागी उहाहरुकै शिप र दक्षताको आधारम़ा खोजि खोजि राज्यले रोजगारी अवसर दिनुपर्छl यो सानु अवसर मई उहांहरु गर्भको साथ देशको सेवा गर्नुको साथै आफ्नु पारिवारिक जिमेवारी पनि निर्बादरुपमा निर्वाह गर्नुहुन्छ l तर यो नीतिनियेम सरल र सुलभ बनाउनुको लागी राज्यले अवसरको कोटा निर्धारण गर्दा सोदेशि अवसर महिलाको हकम़ा 70% र पुरुष लाई 30% गर्नेहो भने महिला हरु बेरोजगारी भाई बिदेशिनु पर्दैन l सोदेश मई आत्मा निर्भर हासी खुशी जीवन निर्वाह गर्ने छन् l

अबको प्रस्न बिदेशी अवसरमा महिला र पुरुषम़ा किन भेदभाव? के महिलाहरु पुरुष सरह सक्षम छैनन र ? अबस्य छन् l अपेक्षा गरेको भन्दापनि सक्षम छन् l तेसैले हामी गर्भको साथ भन्नसक्छौ चेलीबेटी हाम्रा सम्पति र इज्जत हुन् l यी सम्पति, इज्जतहरु लाई ससम्मानको साथ सुरक्षित राख्नु हाम्रो कर्तब्यहोl एसभित्र केहि महिलाहरु रहरले नभई बाध्यता ले बिदेशीयेर आज जिबन र मोरनको दोसाधमा परदेशी जिबन रक्षसी दानब, नारपिचास हरु संग जिबनकै अन्तिम घडी सम्म बेसाहारा एक्लै लडी रहेछन l


बिभिन्न परिबन्धले हाम्रा होनहार चेलीहरु बिदेशी भूमिमा दाम बिनाको काम गर्नु बाध्य बनाइएकोछ l कतिपये अभाद्र घिर्णित कार्य र बाउ बिनाको बच्चा को कारण आत्म दाह गर्न बाध्य पारिएको छ l साथै भोक र रोगले हेर्दा हेर्दै मोरीरहेका छन्, मारियका छन् l यो अबोध नारीमाथिको क्रुर बरबर अत्याचार हेरी रहने तमासे भगवान देख्दा उधेक् लाक्छ l यो कहिले सम्म हो भगवानले पनि जबाफ दिनु पर्छ l


एस्तो दनकि रहेको आगोको ज्वालामा पनि म सुरक्षित हुन् सक्छु l म भोली जुनसुकै परिस्थितिम़ा पनि कसैलाई लान्छना दोस लगाउदिन l सोयम जिमेवारी छु भनि एउटा सर्तनाम कागज गराई बुझाई सुझाइ पठाए हुन्छ l लिङ्गकै आधारम़ा नारीको अधिकार कुन्ठीत गर्नु हुदैन l अब सम्बन्धित देशको राजदुतले र सरकारले उद्धार को अनुरोध गर्ने नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई जुनसुकै रितले ससम्मान को साथ उद्धार गरी सोदेश फिर्ता गर्नु अपरिहार्यछ l देशले पाएको रिमिटयानस उहाँ हरुकै कृपाहो धर्म छोड्नु हाम्रो नैतिकता ले दिदैन l


वर्तमान दैविक प्रकोप COVID-19 ले संसारै भरि चुनौतीको सामना गर्न बाध्य बनाएको छ l तेसैले जो जहाँ रहेपनि एक्लै बस्न परेकोछ l यो संसार बिशाल र बिचित्रको छ अनि येहा बस्ने मान्छे पनि बिचित्रकै छन्l तेसैले सचेत रहन अनिबार्य हुदापनि शिक्षाको कमिले दानबहरु ले कमजोरीको फाइदा लुटीरहेको छन् l तेसअर्थ मात्री भाषा भन्दा अंग्रेजी भाषा लाई प्राथमिकता समय र सन्दर्भले खोजि रहेको भन्ने आभास हुन्छ l


येहाँ मेरा विचारहरु कसै कसैलाई अपाच्यहुन् सक्ला यिनै मेरा छातीभित्र नअटाको कुरा राखी रहदा कसैको आत्मा सम्मान माथि ठेस पुग्न गएमा छेमायाचना गर्दछु l